दुई पांग्रे सवारीमा बजाज ब्राण्ड नेपाली बजारमा सबैभन्दा धेरै हिस्सा ओगट्ने ब्राण्ड बनेको छ । यस ब्रान्डका मोटरसाइकल बजारमा निकै नै रुचाइएको पाइएको छ ।
नेपालमा यस ब्रान्डका दुई पांग्रे सवारी बिक्री गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनीका अनुसार यसले ४० प्रतिशत बजार हिस्सा ओगटेको छ । सन् २०२२ मा गरेको आम्दानीमध्ये ७१ प्रतिशत हिस्सा पल्सर मोटरसाइकलले गरेको छ ।
पल्सरका पनि धेरै मोडल नेपाली बजारमा उपलब्ध छन् । यो मोटरसाइकल १२५ देखि २२० सीसी सम्म क्षमतामा उपलब्ध छन् । जस्तै, बजाज पल्सर १५०, पल्सर २०० एनएस, बजाज पल्सर २२०एफ, बजाज डोमिनार २५०, बजाज पल्सर १२५ यी मोडल ग्राहकको पहिलो आकर्षणको केन्द्र बनेको छ ।
हाल बजाजका नेपालभर १५३ सेल्स आउटलेट रहेका छन्, जसमध्ये ३ वटा आफैले संचालन गरेको छ । थ्री ह्विलर सेगमेन्टमा पनि बजाजले ५४ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
कम्पनीले नेपाली बजारमा बजाज ब्रान्डको दुई पांग्रे र तीन पांग्रे सवारी साधन, केटीएम ब्रान्डको मोटरसाइकल, टीभीएस ब्रान्डको टायर र सर्वो लुब्रिकेन्ट लगायत बिक्री वितरण गर्दै आएको छ ।































प्रतिक्रिया