नेतन्याहु छैठौं पटक प्रधानमन्त्री बने

नेतन्याहु छैठौं पटक प्रधानमन्त्री बने

केन्द्रबिन्दु
0
Shares

इजरायलको प्रधानमन्त्रीमा बेन्जामिन नेतन्याहु पुनः नियुक्त भएका छन्।

दुई वर्ष सत्ता बाहिर रहेका नेतन्याहू पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। अस्थिर राजनीति र कुनै पनि दललाई बहुमत प्राप्त नहुने क्रम दोहोरिरहँदा दुई वर्षअघि अचानक नेतन्याहुको हातबाट सत्ता गुमेको थियो। पछिल्लोपटक भएको निर्वाचनमा नेतन्याहु नेतृत्वको गबन्धनलाई बहुमत प्राप्त भएपछि उनले छैटौँ पटक प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेका हुन्।

नेतन्याहु प्रधानमन्त्री भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक सन्देश पठाएर बधाई दिएका छन्। उनले नेतन्याहुको सरकारले इजरायल तथा मध्यपूर्वी देशमा शान्ति स्थापनाका लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे। इजरायल रुस युक्रेन युद्धमा आफूलाई तटस्थ भूमिकामा रहेको छ। 

Skip This
Skip This
Logo