प्रचण्डलाई चिनियाँ समकक्षीको बधाई सन्देश- ‘नेपालको विकासमा पूर्ण साथ र समर्थन’

प्रचण्डलाई चिनियाँ समकक्षीको बधाई सन्देश- ‘नेपालको विकासमा पूर्ण साथ र समर्थन’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश दिएका छन् । शुक्रबार चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने उल्लेख गरेका छन् । ‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ । नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ ।’ बधाई सन्देशमा भनिएकाे छ । 

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले चीनले नै बधाई दिएको थियो । चीनले चाँडै नेपालमा राजदूत पठाउने तयारी गरेको छ । होउ यान्छी कार्यकाल सकेर बेइजिङ फर्केपछि चीनले नयाँ राजदूत पठाउन सकेको छैन ।

Skip This
Skip This
Logo