दक्षिण कोरिया प्रवेश गर्ने चिनियाँ यात्रुलाई कडाई

दक्षिण कोरिया प्रवेश गर्ने चिनियाँ यात्रुलाई कडाई

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाले मुख्य भूमि चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्धहरू, परीक्षण र उडानहरू सीमितलगायतका कदम चालेको छ ।

बेइजिङमा कोभिड संक्रमणमा बृद्धिसँगै दक्षिण कोरियाले उक्त कदम चालेको हो । इटाली, जापान, भारत र अमेरिका लगायतका देशहरूले आफ्नै उपायहरू घोषणा गरेपछि कोभिड संक्रमणबाट जोगिन सियोलको निर्णय आएको हो । ‘अर्को वर्ष फेव्रुवरी सम्म चीनबाट (दक्षिण कोरिया) प्रवेश गर्नेहरूले आफ्नो आगमन अघि र पछि कोभिड परीक्षण गराउनुपर्नेछ,“ प्रधानमन्त्री हान डक–सूले भने ।

हानले थपे, “चीनमा कोभिड–१९ को बिग्रँदै गएको अवस्थाका कारण हाम्रो देशमा भाइरसको फैलावट रोक्नको लागि सियोलले केही महामारी विरोधी उपायहरूलाई अनिवार्य रूपमा बलियो बनाउँदैछ।’ चीनबाट आउने यात्रुहरूले दक्षिण कोरियाको लागि विमान चढ्नु अघि ४८ घण्टाभित्र नेगेटिभ पीसीआर परीक्षण वा प्रस्थान गर्नुभन्दा २४ घण्टाभित्र नेगेटिभ एन्टिजेन परीक्षण उपलब्ध गराउनु पर्नेछ । उनीहरूले आफ्नो आगमनको पहिलो दिन भित्र पीसीआर परीक्षण पनि गर्नुपर्नेछ ।
 

Skip This
Skip This
Logo