भारत भ्रमणमा जाने चीनसहित ६ देशका यात्रुलाई नयाँ नियम लागु

भारत भ्रमणमा जाने चीनसहित ६ देशका यात्रुलाई नयाँ नियम लागु

केन्द्रबिन्दु
0
Shares

भारतले चीनसहित अन्य पाँच देशका यात्रुलाई लक्षित गरी जनवरी १ देखि नयाँ नियम लागु गरेको छ ।

चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए । ‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने यात्रुहरूका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरिएको छ । उनीहरूले यात्रा गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा अपलोड गर्नुपर्नेछ’, मन्त्री मण्डावियाले एक ट्वीटमा भनेका छन् ।

परीक्षण भरतमा यात्रा सुरु गरेको ७२ घन्टाभित्रको हुनुपर्छ । चीनमा कोभिड संक्रमणका घटनाहरु बढिरहेका बेला भारतले पछिल्लो कदम चालेको हो । नयाँ कोभिड भेरियन्ट बीएफ ७का कारण संक्रमणमा बृद्धि भएको विज्ञहरुको भनाई छ । संक्रमणका कारण चीनका अस्पतालहरू बिरामीले भरिएका छन् । एकै दिन एउटा सहरमा लाखौँ संक्रमित भेटिएका छन् । 

Skip This
Skip This
Logo