“सेफ नेपाल”को सुटिङ स्टुडियोको सेट रिभिल

“सेफ नेपाल”को सुटिङ स्टुडियोको सेट रिभिल

केन्द्रबिन्दु
0
Shares

नेपालकै पहिलो फुड रियालिटी शो “सेफ नेपाल” को सुटिङ स्टुडियोको सेट रिभिल भएको छ । भक्तपुरस्थित रोयल थाइ हस्पिट्यालिटीको प्राङ्गण भित्र रहेको शो को सेटको रिभिल मास्टर जज सेफ सन्तोष साहले सेट ढाकिएको पर्दा झारेर गरेका हुन् ।  

शो का अन्य जज सेफ गणेश बहादुर ढकाल तथा भान्से लक्ष्मण प्रशाद भन्डारी पनि उपस्थित भई सेटको रिभिल तथा कार्यक्रम बारे थप जानकारी उपलब्ध गराए । शो का निर्माता धर्मराज पाण्डेले कार्यक्रम को तालिका, प्रतियोगि, तथा शो को उदेश्य बारे थप प्रष्ट पारे । 

सेफ नेपाल बारे प्रष्ट पार्दै निर्माता धर्मराज भन्छन् कि यस शो को मुख्य उदेश्य भनेको टेलिभिजनको पर्दा बाट खाना पकाउदै दर्शक माझ मनोरन्जन प्रदान गर्नु नै हो । नेपाली खानाको प्रबर्धन, सेफ जगत को उत्थान, पाक कलाबारे चेतना, खाना र स्वास्थ्यको सम्वन्ध लगाएत अनेक महत्वपुर्ण बिषयहरु यो शो ले उजागर गर्ने भए पनि टेलिभिजन पर्दामा चहिने महत्वपुर्ण डेलिभरी भनेको मनोरन्जन नै हो ।

शो जम्मा १८ इपिसोडको हुने छ । ८० प्रतिस्पर्धिहरु शो मा प्रतिस्पर्धा गर्न को लागी तम्तयार छन । हिमालय टिभी बाट प्रशारणा हुने यो नेपालकै पहिलो फुड रियालिटी शो हो । यस शो का बिजेताले नगद रु २५ लाख प्राप्त गर्नेछन् भने रु १० लाख भन्दा बढीको उपहार दर्शकहरुले यस शो को क्विज सेग्मेन्ट मार्फत प्राप्त गर्ने छन् ।

Logo