सोलुखुम्बुको एक घरमा आगलागी

सोलुखुम्बुको एक घरमा आगलागी

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मैदेल स्थित एक घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ।

गएराती अन्दाजी पौने २ बजे फुरी तामाङको ढुंगामाटोले बनेको र फुसको छानो भएको २ तले घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सुचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार चुलोबाट सल्किएको आगोले तामाङको घरसहित भित्र रहेको सम्पूर्ण अन्नपात, भाडापर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ।

घटनामा कुनै चौपाय तथा मानविय क्षति भने भएको छैन। आगो मुक्ली प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयको सहयोगमा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि विहान ३स्१५ बजे मात्रै नियन्त्रणमा आएको थियो। घरधनी तामाङ परिवार काठमाडौं बस्दै आएका थियो भने सो घरमा स्थानीय टंक गुरुङ बस्दै आएका थिए। आगलागीपछि  गुरुङपरिवार हाल छिमेकीको शरणमा रहेको प्रहरीले जनाएको छ।

Logo