काठमाडौंमा युवकमाथि चक्कु प्रहार

काठमाडौंमा युवकमाथि चक्कु प्रहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका–२३ सुविधानगरमा एक जना युवकलाई अपरिचित समूहले चक्कु प्रहार गरेका छन् ।

चक्कु प्रहारबाट गोरखा घर भएर सिनामंगल बस्ने २१ वर्षीय निखिल भुजेल घाइते भएका छन् । उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले जानकारी दिए । शनिबार साँझ आठ–दश जनाको समूहले सुविधानगरस्थित बागमती करिडोरमा भुजेललाई चक्कु प्रहार गरेर भागेका थिए । निखिलको दायाँ छातीमा चोट लागेको छ । घटनामा संलग्नहरु फरार छन् । उनीहरुको खोजी भइरहेको छ । 

Skip This
Skip This
Logo