मकवानपुरको भैंसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
८ जना घाइते भएका छन्। आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–२ भैंसे आँपचौर नजिक हेटौंडाबाट थाहा नगरको दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको भ्यान अनियन्त्रित भइ नालीमा पुग्दा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपालिमा–३ का २० वर्षीय राहुलकुमार पण्डित रहेका छन्। दुर्घटनामा घाइते उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा सोही स्थान बस्ने २७ वर्षीय अजय चौरसिया, भारतको झारखण्ड घर भएका ३६ वर्षीय विजय दास, पर्सा वीरगन्ज महानगरपालिका १७ बस्ने १८ वर्षीय सुमित गुप्ता, पर्सा बौदरमाई–५ बस्ने २६ वर्षीय दिनानाथप्रसाद, बारा विश्रामपुर–३ मुसरहवा बस्ने अन्दाजी १८ वर्षीय शिवजी साह, बारा विश्रामपुर–३ मुसरहवा बस्ने अन्दाजी १८ वर्षीय धिरज चौरसिया र सोही स्थान बस्ने १७ वर्षीय पप्पुकुमार गुप्ता र पर्साको बौदरमाई ५ बस्ने अन्दाजी २८ वर्षीय उमेश कुशवाह रहेका छन्।
घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था सामन्य रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। पिकअप चालक सम्पर्कमा नरहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया