गृहको सभाकक्षमा आपतकालीन द्वार तत्काल निर्माण गर्न मन्त्री लामिछानेकाे निर्देशन

गृहको सभाकक्षमा आपतकालीन द्वार तत्काल निर्माण गर्न मन्त्री लामिछानेकाे निर्देशन

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । 

सोमबार गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन् । उनले भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन निर्माणसम्बन्धि मापदण्ड पालना गराउने कार्यमा कडाई गर्न पनि स्थानीय निकायहरुलाई आग्रह गरे । 

भवन निर्माणसम्बन्धि मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनिकरणका लागि धेरै ठूलो योगदान पु¥याउन सकिने उनको भनाई थियो । 

‘धेरै वर्ष बितिसकेका भवनहरु कुन अवस्थामा छन ? त्यसलाई पनि हेर्न सकियो र भएका ऐन, नियमहरुलाई  यदि संशोधन गर्नुपर्ने अवस्था आएको छ भने, सच्याउनुपर्ने अवस्था आयो भने, मिलाउनुपर्ने अवस्था आयो भने पनि त्यसमा पनि निरन्तर छलफल गर्न सक्यौ भने प्रभावकारी हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ उनले भने,‘सूरुवात त हामीले कहीँकतैबाट गर्नैपर्ने हुन्छ हामीले । सूरुवात यहीबाट किन नगर्ने भन्नका लागि हामीले हामीले आफू जम्मा भएको हलमा नै इमर्जेन्सी इक्जिट छैन । अहिले भर्खरै भूइचालो गयो भने हामी यही जोखिममा पर्न सक्छौं । त्यसकारण आजैबाट यहाँ कम्तिमा एउटा इमर्जेन्सी इक्जिटको ढोका अध्ययन गराएर व्यवस्था गर्न म निर्देशन दिन चाहन्छु । यो अत्यन्तै महत्वपूर्ण कुरा हो । र, हरेक ठाउँहरुमा हामी पनि यसरी नै जोखिमपूर्ण ठाउँ छ भने आफैले त्यहीबाट सुरुवात पनि गरौं ।’ 

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनिकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

Logo