एकीकृत समाजवादी तत्काल सरकारमा नजाने, तर प्रस्ताव आए सोच्‍न सकिने

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने, तर प्रस्ताव आए सोच्‍न सकिने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाले भने- 'सरकारको जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आएपछि त्यो प्रश्ताव लायक छ, छैन । हाम्रा उद्देश्य अनुसार यी सब कुरा हुन्छन्, हुँदैनन् । हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन । त्यस पछाडी गरिने कुरा हो । त्यसकारण हामीसँग औपचारिक प्रस्ताव नै छैन ।' तर, पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा भने जोड दिएका छन् । 

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै आफूहरुलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताएका छन् । उनले भने- ‘हामीले जनादेश बुझेका छौँ । हामीलाई एउटा धर्मसंकट छ अहिले । सँगै काम गरेको सहयात्री १७/१८ महिनासम्म हामी गठबन्धनमा सँगै बस्यौँ । कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ । जुन जुन बाटोबाट हुनुभएको भएपनि उहाँ प्रधानमन्त्री हुनुभयो । व्यक्तिगत रुपमा उहाँप्रति हाम्रो सद्भाव पनि छ तर राजनीति भनेको व्यक्तिगत सद्भावले मात्रै काम गर्ने कुरा होइन । पार्टीको नितिगत प्रश्नहरुमा प्रष्टता नभइकन व्यक्तिगत कुराको अर्थ रहँदैन । त्यो नितिगत प्रष्टता प्राप्त गर्नको निम्ति हामीले पोलिटव्युरोको बैठक बसाएका हौँ । त्यसैले हाम्फाल्ने, खुट्टो उचाल्ने जस्ता कुनै सन्दर्भ छैन । बडो सोचि, सम्झि हामी जे गर्छौ परिपक्व काम गर्छौं ।’ 

एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । अब बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ ।

Logo