केपी ओली राइट टाइममा राइट डिसिजन गर्ने नेता हुन् -नायिका करिस्मा मानन्धर

केपी ओली राइट टाइममा राइट डिसिजन गर्ने नेता हुन् -नायिका करिस्मा मानन्धर

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ नायिका करिस्मा मानन्धरले केपी ओली राइट टाइममा राइट डिसिजन गर्नसक्ने नेता भएको बताएकी छिन् । केन्द्रबिन्दु टीभीसँगको विशेष अन्तर्वार्तामा उनले समसामयिक राजनीति बारे टिप्पणी गर्दै सो कुरा बताएकी हुन् । 

नायिका मानन्धरले यसअघि आफू अञ्जानमा नै डा. बाबुराम भट्टराई नेतृत्वमा पार्टी लागेको पनि खुलाएकी छन् । ‘म डा. भट्टराईसँग अञ्जानमा लागेको थिएँ । उहाँको पढाई लेखाइप्रति आकर्षित भएर त्यता लागेको थिएँ । उहाँबाट मैले धेरै कुरा सिक्न पाएँ । देशलाई चाहिने करा पनि थाहा पाएँ’ उनले भनिन्, ‘तर केपी ओली भनेको समग्र क्षेत्र समेट्न सक्ने नेताको रुपमा पाएँ । पढाई मात्रले पनि नहुने रहेछ । राइट टाइममा राइट डिसिजन गर्नसक्ने नेताको रुपमा बुँझे ।’

एमालेका अध्यक्ष ओलीले जस्तोसुकै समस्याका बेला पनि सही निर्णय गर्नसक्ने अभिनेत्री करिस्माले बताएकी छन् । उनले विचार मिल्ने दलहरुबिच एकता वा सहकार्य हुनु राम्रो भएको पनि बताएकी छिन् । एकता र सहकार्यबाट राजनीतिक स्थायित्व र त्यसले जनतालाई राहत मिल्ने उनको तर्क छ ।

साथै उनी एमालेमा प्रवेश गरेसँगै चर्चा पाएको न्वारनको नाम सूर्यकुमारीबारे पनि बोलेकी छन् । ‘मेरो न्वारनको नाम सूर्यकुमारी हो । मैले फेरि सबैलाई चिना देखाउँदै हिँड्ने कुरा त आएन । सूर्य चिन्हलाई देखेपछि मैले पनि सम्झें की म पनि सूर्यकुमारी हुँ, त्यही भएर अचानक भनेको थिएँ । म मजाक पनि भएँ । मेरो नामलाई मजाक बनाउनेहरु हाँस्नु  भाछ नी । रुनु भा छैन । त्यसकारण इट्स ओके ।’ उनले भनेकी छन् । 

पछिल्लोसमय सामाजिक सञ्जालमा उनको सक्रियता बारे पनि ‘इन्जोय’ गरिरहेको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘मेरो धेरै नजिकका साथी छैनन् । त्यसकारण पोख्ने भनेको सामाजिक सञ्जालमा नै हो । मेरो सोचमा सबैजना सहमत हुनुपर्छ भन्ने छैन । त्यसले मेरो करिअरलाई तल पनि लगेको हुनसक्छ । त्यसमा मेरो कुनै आपत्ति छैन र त्यसलाई इन्जोय गरिराछु ।’ 

नायिका मानन्धरले बेस्ट नायिकाको रुपमा आफूले कुनै अवार्ड नपाएको भन्दै गुनासोसमेत गरिन् । 'बेस्ट एक्ट्रेस अवार्ड मात्र पाइन । अरु धेरै पुरस्कार सम्मान पाएकी छु' उनले भनिन् । 
 

Skip This
Skip This
Logo