स्थानिय जनप्रतिनिधिलाई ६ महिनाको कार्यप्रगति विवरण पेश गर्न जनमतको निर्देशन

स्थानिय जनप्रतिनिधिलाई ६ महिनाको कार्यप्रगति विवरण पेश गर्न जनमतको निर्देशन

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीले पार्टीबाट पालिकामा निर्वाचित जनप्रतिनिधिलाई ६ महिनाको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले सोमबार पत्र लेख्दै जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका हुन् । देशभरिमा जनमतले कुल १९ वटा वडामा अध्यक्ष पद जितेको छ । जनमत पार्टीबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई वडासहित मेयर र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी भएका छन् । त्यस्तै अध्यक्ष राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडामा पनि जनमत पार्टी विजयी भएको छ ।

अध्यक्ष राउतको पत्रमा जनमत पार्टीको अवधारणा लागू गर्न के–कस्ता कार्यक्रमहरू सञ्चालनमा आए, नागरिकसँग जोडिएका विषयहरूलाई सम्बोधन गर्न के–कस्तो पहल भए ? जनमत पार्टीको स्थानीय समिति र कार्यकर्तासँग समन्वय कस्तो रह्योलगायत विवरण प्रतिवेदनमा समावेश गर्न भनिएको छ ।  

Skip This
Skip This
Logo