आफ्नै कमजोरीले समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेनौँ -माधव नेपाल

आफ्नै कमजोरीले समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेनौँ -माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्वीकारेका छन् । 

युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको बताएका हुन् । 

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्नुमा आफूहरुकै कमजोरी रहेको बताउँदै उनले थ्रेस होल्ड नकटाएकै आधारमा अतिरिक्त कुनै सुविधान नपाइने बताए । ‘थ्रेस होल्ड पारे गरेको भए, हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइ जहाज दिन्थ्यो कि, पार्टीको अफिस राख्न घर दिन्थ्यो कि, रकम दिन्थ्यो कि, केही पनि दिँदैन थियो,’ अध्यक्ष नेपालले भने, ‘हामीले खटेर काम गर्न सकेको भए, १५ सिट हुन्थ्यो कि ।’

साथै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् । राजनीतिक अवस्था प्रष्ट नभएकाले अहिले नै सरकारबारे बोल्न हतार नभएको उनको भनाई थियो । 

Skip This
Skip This
Logo