म्यानमारमा ७ हजार भन्दा बढि कैदी रिहा

म्यानमारमा ७ हजार भन्दा बढि कैदी रिहा

केन्द्रबिन्दु
0
Shares

म्यानमारको सैन्य सरकारले ७ हजार भन्दा बढि कैदीहरूलाई रिहा गर्ने भएको छ ।

देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्न लागिएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ । जुन्ता प्रमुखले आफ्नो राष्ट्रको लागि समर्थन कायम गरेकोमा केही देशहरूको प्रशंसा गरेका छन् । प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघि अपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशलेअन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको छ । सरकारलाई अपदस्थ गरेपछि नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी घरमै नजरबन्दमा छिन् ।

‘म केही अन्तर्राष्ट्रिय र क्षेत्रीय देशहरू र संस्था तथा व्यक्तिहरूलाई धन्यवाद भन्न चाहन्छु जसले हामीलाई सबै दबाब, आलोचना र आक्रमणबीचमा सकारात्मक रूपमा सहयोग गरेको छ’, वरिष्ठ जनरल मिन आङ ह्लिङले म्यान्मारको ७५औँ स्वतन्त्रता दिवसको सम्झनामा एक भाषणमा भने । सुकीलाई नेपितावको जेलमा राखिएको छ र सेनाले उनमाथि स्वतन्त्र अदालतबाट उचित सुनुवाई गरेको दाबी गरेको छ।

Skip This
Skip This
Logo