सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि यो दोस्रो पटक मन्त्रिपरिषद् बैठक हो । आज सरकारले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिँदै छ ।

मन्त्रिपरिषद्को बैठकपछि बालुवाटार सत्ता साझेदार दलको बैठक बस्नेछ । आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने तयारी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

Skip This
Skip This
Logo