पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु , १६ जना घाइते

पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु , १६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

१६ जना घाइते भएका छन्। गएराति १० बजे रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस बुढीदमारमा दुर्घटना भएको वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएका उनले बताए।

मृत्यु हुनेमा सबै महिला छन्। मृत्यु हुनेमा वर्ष ५४ की खीमकुमारी राना, वर्ष ११ की सरुमाया घिमिरे, वर्ष ३३ निर्मला घिमिरे, वर्ष ४५ कि बुनु गाहा, वर्ष २१ की  दान कुमारी घिमिरे र वर्ष १९ कि बिना पाण्डे रहेका छन्। घाइते सबैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

Skip This
Skip This
Logo