एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधिसहित एकजना पक्राउ

एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधिसहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ।

बिहीबार वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकिराखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ।

Logo