नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालुको माग गरेको छ ।
काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो । सडक निर्माणको क्रममा रुख काटिएका थिए । त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो । ४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्न्े व्यक्तिले ओदन दिन सक्नेछन् । कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ । पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ ।





























प्रतिक्रिया