मेक्सिकोमा लागुऔषध तस्करीका नाइकेको गिरफ्तारीपछि हिंसा भड्किदा तीन प्रहरीको मृत्यु

मेक्सिकोमा लागुऔषध तस्करीका नाइकेको गिरफ्तारीपछि हिंसा भड्किदा तीन प्रहरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोमा लागू औषध तस्करीका नाइकेको गिरफ्तारीपछि भड्किएको हिंसामा तीन जना प्रहरीको मृत्यु भएको छ । कयौँ घाइते भएका छन्।

कुख्यात तस्कर एल चापोका छोरा ओभिडिओ गुजम्यान लोपेजको गिरफ्तारीपछि सिनालोआ सहरमा हिंसा भड्किएको हो । जेलमा रहेका तस्कर नाइके एल चापोका छोरा लोपेजले पछिल्लो समय आफू तस्करको नाइके भएको दाबी गर्दै आएका थिए। प्रहरीले ६ महिनादेखि लोपेजलाई खोजिरहेको थियो। हिजो लोपेजको गिरफ्तारीलगत्तै लागुऔषध गिरोहका सदस्यहरुले राजमार्गहरु अवरुद्ध पार्दै सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् भने सिनालोआ विमानस्थलमा समेत आक्रमण गरेका छन्।

दुईवटा जहाजमा गोलीसमेत लागेको छ। विमानस्थलमै आक्रमण भएपछि कम्तीमा एक सय उडान रद्ध भएका छन्। स्थानीय अधिकारीले तस्कर नाइकेको गिरफ्तारीपछि भड्किएको हिंसामा घाइते भएका कम्तीमा १८ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन्। एल चापो सन् २०१९ मा अमेरिकामा पक्राउ परेका थिए। उनले अमेरिकामा लागू औषध तस्करी र सम्पत्ति शुद्धिकरणको आरोपमा आजीवन जेल सजाय भोगिरहेका छन्।

Skip This
Skip This
Logo