आज पनि एक हजारले बढ्यो सुन, हालसम्मकै उच्च बिन्दुमा कारोबार हुँदै

आज पनि एक हजारले बढ्यो सुन, हालसम्मकै उच्च बिन्दुमा कारोबार हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रतितोला १ हजारले बढ्दै १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । यो मूल्य आज सम्मकै उच्च हो । बुधबार सुन १६ सयले बढेको थियो । विहिबार ११ सयले बढेको सुन शुक्रबार १ हजारले बढेको हो ।

गत हप्ता पनि सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन बुधबार भने ३ सयले बढेको थियो । विहिबार ५ सयले बढेर सुन प्रतितोला ९९ हजारमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार पनि ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

यो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । मंगलबार ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भएको थियो भने बुधबार १६ सयले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेको छ । चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४०५ रुपैयाँ कायम गरिएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३००० मा कारोबार भइरहेको छ ।

मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

Skip This
Skip This
Logo