सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।
मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ। संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
साथै आजको बैठकमा गएको प्रतिनिधिसभामा चलेको नियमावलीबाटै अबको बैठक संचालन गर्नेबारे सहमति भएको छ। बैठकको पहिलो दिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र प्रतिनिधिहरुलाई सम्बोधन गर्न दिइनेछ । पुस २६ को बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ।































प्रतिक्रिया