भृकुटीकरणमा बिहीवारदेखि सञ्चालन भएको फुटवेयर मेलाको दोस्रो दिन अवलोकनकर्ताको सामान्य भिड रहेको छ । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित काठमाडौंको भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला आयोजना भएको हो ।
२ दिनको समयमा धेरै मानिसहरुले अवलोकन गरिसकेको र राम्रो प्रकिक्रिया दिएको जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानीराज घिमिरे बताउँछन् । उनका अनुसार १ देखि १५औं मेलासम्म सेल मेला राखेपनि एसपटक प्रदर्शनीहरुको कस्तो प्रतिक्रिया आउँछ भनेर हेर्नका लागि प्रदर्शनी मेला सञ्चालन भएको हो ।
शनिबारसम्म चल्ने मेलाको उद्घाटन बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । मेलामा १७० वटा स्टल रहेका छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । तीमध्ये बिभिन्न ब्राण्डका ४० विदेशी कम्पनी पनि रहेका छन् ।
प्रदर्शनीमा सबैभन्दा धेरै ग्राहकले रुचाएको कम्पनी रन सुज रहेको व्यवसायीहरुले बताएका छन् । रन सुज विगत १० वर्ष पहिले सञ्चालन गरिएको हो । रन सुज अहिले देशका सबैं जिल्लाहरुमा पुगिसकेको छ । यसले धेरै ब्राण्डहरु पनि निर्माण गरिसकेको र अझै थप ब्राण्ड बढाउने योजना समेत बनाएको छ ।
नेपालमा विश्वस्तरका जुत्तासमेत बन्ने गरेको व्यवसायीहरुले बताएका छन् ।





























प्रतिक्रिया