नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका छन् ।
नेकपा एसनिकट नेवा मोर्चाद्वारा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पहिलेको गठबन्धन भंग गरेर नयाँ गठबन्धन बनाउने सन्दर्भमा प्रचण्डबाट बेवास्ता भोग्नुपरेको बताएका हुन् । उनले सत्ता समिकरणको खेलमा एमालेले कांग्रेसलाई समेत धोका दिएको बताए । सरकारको लागि दावी गर्ने दिनको साढे १२ बजेपछि खेला बिग्रिएको भन्दै नेपालले देउवाले बालुवाटारको बैठकमा पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिन सकिएन भनेपछि सबै बिग्रिएको बताए ।
नेपालले भने ‘एमालेले प्रचण्डजीलाई कुनै हालतमा प्रधानमन्त्री बनाउँदैन, तपाई नै हो भनेपछि उहाँ ढुक्क भएर बस्नुभएछ । देउवाजी हिस्स बुढो खिस्स दाँत हुनुभयो लास्टमा । एमालेबाट धोका खानुभयो, त्यसबीचमा प्रचण्डजीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने भने पनि ढिलो भएपछि केही पार लागेन ।’ नेपालले बालुवाटारबाट निस्किने बेलामा केपी ओलीसँग छलफल गरौं भनेकोमा आफूलाई बेवास्ता गरी एक्लै बालकोट गएकोमा आफ्नो आपत्ति रहेको बताए । उनले यसको गम्भीर समिक्ष हुनुपर्ने बताए ।
नेपालले भने ‘प्रचण्डजी प्रधानमन्त्री बनेकोमा कुनै दुखेसो छैन । तर जुन हिसाबले हाम्रो पार्टीलाई बेवास्ता गरियो । त्यो हाम्रो निमित गम्भीर विषय बनेको छ। उहाँले अब कांग्रेसले हामीलाई सहयोगीमात्र बनायो । केपी ओलीसँग तपाई र म गएर कुरा गरौं भन्नुभयो तर एक्लै जानुभयो ।’ नेपालले सरकारमा जान नेकपा एस नहतारिएको समेत प्रष्ट पारे ।































प्रतिक्रिया