गृहमन्त्री रवि लामिछानेको तेस्रो एक्सनः सुधार आफैबाट [भिडियोसहित]

गृहमन्त्री रवि लामिछानेको तेस्रो एक्सनः सुधार आफैबाट [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एकपछि अर्कोगरी सुधारका काम अघि सारेका छन् ।

कतिपय सरकारले दिने सेवा प्रवाहसँग सम्बन्धित छन् भने केही उनी आफैसँग सम्बन्धित छन् । उनले थालेको सुधार अभियानले नेपाली राजनीति र राज्यसंयन्त्रमा लामो समयदेखि रहँदै आएका विकृति विसंगति र कमजोरी हट्ने विश्वास बढेको छ । पछिल्लो पटक उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा प्रयोग हुने सुरक्षाकर्मीसहित पछुवा गाडी हटाएका छन्।गृहमन्त्रीको सुरक्षामा अगुवा र पछुवा गाडीमा सुरक्षाकर्मीले स्कर्टिङ गर्ने भएपनि रविले भने अगाडि एउटा गाडी मात्रै प्रयोग गर्ने भएका छन्।उनले पछुवा गाडीसहितका सुरक्षाकर्मी शुक्रबारदेखि नै हटाएको जानकारी दिएका छन्। अबदेखि पछुवागाडी भइपरी आउँदा मात्रै प्रयोग गर्ने गृहमन्त्री लामिछानेको भनाइ छ।

गृहमन्त्री भएलगतै उनले आफ्नो सुरक्षाका लागि दुई तह मुनिका सुरक्षाकर्मीको नेतृत्व राखेका थिए। यसअघि गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षक रहने गरेकामा लामिछानेले प्रहरी नायव निरीक्षक सईको नेतृत्वमा सुरक्षाकर्मी राखेका थिए। मन्त्री लामिछानेले ट्राफिक नियमको पूर्ण पालना गर्ने र साइरन बजाउँदै ट्राफिक लाइटमा पनि नहिड्ने बताएका छन्। कुनै अकाट्य परिस्थिति आइपर्दा बाहेक आफ्नो कार्यकाल भरी नै यो नियम पालना गर्ने उनको घोषणा छ। आकस्मिक अवस्थामा बाहेक साइरन बजाउँदै नागरिकलाई उछिनेर नहिँड्ने रविले सामाजिक सञ्जालमार्फत प्रतिवद्धता जनाएका हुन्।

यस्तै, व्यक्तिगत कामका लागि र बिदाका दिनमा आफ्नो निजी सवारी नै प्रयोग गर्ने र कुनै अवस्थामा सरकारी सवारीसाधान प्रयोग गर्नै परेपनि राज्यलाई त्यसको हिसाब बुझाउने उनको प्रतिवद्धता छ। ‘नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय गृह प्रशासन रहेको उल्लेख गर्दै रविले भनेका छन् ‘म यसको नेतृत्वमा रहँदा म मात्र उच्च सुरक्षामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन। म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमान्दारिताकासाथ पूरा गर्ने छु’ रविले सामाजिक सञ्जालमार्फत भनेका छन्।

गृहमन्त्री रवि लामिछानेले यसअघि नियमविपरित प्रयोग गरेका सुरक्षाकर्मी ४८ घण्टामा फिर्ता गर्न निर्देशन दिएका थिए। गृह मन्त्रालयको निर्देशनपछि १ सय भन्दा  बढी नेपाल प्रहरी र १ सय भन्दा बढी सशस्त्र प्रहरी फिर्ता भएका थिए। यसैगरी, गृहमन्त्री लामिछानेले कुटनीतिक नियोग र नेताहरुको घरदैलो चाहर्ने सुरक्षाकर्मीलाई कार्बाही गर्ने घोषणा गरिसकेका छन् । मन्त्रालय सम्हालेको केहीदिन बित्न नपाउँदै मन्त्री लामिछानेले यो एक्सन लिएका हुन । प्रहरी कर्मचारीले नेता र कुटनीतिक नियोगका प्रतिनिधिलाई भेटी अनुचित अवसर लिने गरेको चर्चा व्यापक हुन थालेपछि उनले एक्सन लिएका हुन् ।।
 

Logo