एफए कपको तेस्रो चरण अन्र्तगत शनिबार राति भएको खेलमा लिभरपुल र उल्भ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा उल्भ्सले सुरुवाती अग्रता लिएको थियो । २६औं मिनेटमा गोन्जालो ग्युडेसले गोल गरे । ४५औं मिनेटमा डार्विन नुनेजको गोलमा लिभरपुल खेलमा फर्कियो । ५२औं मिनेटमा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । तर ६६औं मिनेटमा हाङ हि चानले गरेको गोलमा वुल्भ्स खेलमा फर्किएको हो । बराबरीसँगै यी दुई टोली बीच पुनः भिडन्त हुनेछ ।
एफ ए कपको तेस्रो चरणमा न्युक्यासल युनाइटेट पराजित भयो । सेफिल्ड वेन्स्डेसँग २–१ ले पराजित भयो । वेस्ट हम भने ब्रेन्टफोर्डलाई १–० ले निराश पार्दै चौथो चरणमा प्रवेश गर्यो ।































प्रतिक्रिया