माओवादी संसदीय दलको बैठक जारी

माओवादी संसदीय दलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान १० बजेदेखि जारी छ। बैठकमा प्रतिनिधिसभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रम बारेमा छलफल हुने जनाइएको छ। सरकारले विश्वासको मत लिने समय नजिकिएसँगै त्यसको तयारीका बारेमा थप छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदैछन्।

Skip This
Skip This
Logo