सार्कलाई सक्रिय बनाउन प्रयत्‍न गरिराखेका छौं -परराष्ट्र

सार्कलाई सक्रिय बनाउन प्रयत्‍न गरिराखेका छौं -परराष्ट्र

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्रालयले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनका लागि प्रयत्नहरु जारी रहेको जनाएको छ । 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन् । आईतबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरुबीचको सहमति जुट्न नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टिकरण समेत दिए । 

सचिव पौडेलले सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखि हुन नसकेको स्मरण गराए । 

उनले भने, ‘सार्कमा अध्यक्ष राष्ट्रको भूमिका छुट्टै केही पनि हुँदैन । हामी त ८ वटा मध्ये एउटा मात्रै हौं । त्यसकारणले गर्दाखेरी यसमा प्रयत्न भईराखेको छ । रिजल्ट आएको नदेखिएको हुनाले हामीलाई प्रगति नभएको जस्तो लागेको हो । यो स्वभाविक पनि हो । मैले सार्क प्रोसेस किन अगाडि बढ्ने भन्दाखेरी चार्टरले डिफाईन गरेको त्यो प्रोसेसले गर्दाखेरी यो सक्रिय हुन नसकेको हो भन्ने कुरा यहाँहरु समक्ष राखेको हुँ ।’ 

सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरु रहेका छन् । बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सो सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनी जिज्ञासा राखेकी थिइन् । 

Skip This
Skip This
Logo