भारतीय व्यापार मेलामा सहभागी आभुषण महासंघकाे प्रतिनिधिमण्डल स्वदेश फिर्ता

भारतीय व्यापार मेलामा सहभागी आभुषण महासंघकाे प्रतिनिधिमण्डल स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको टोली भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सिलको तत्वावधानमा आयोजित “१५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो’ मा सहभागी भएर स्वदेश फर्किएको छ । 

महासंघका विशिष्ट सदस्य  कृष्ण लाल महर्जनको नेतृत्वमा महासचिव  किसान सुनार र अन्य ४ जना गरी जम्मा ६ जनाको प्रतिनिधिमण्डल पुस २१ गते देखि संचालित उक्त शोमा सहभागी हुन भारत पुगेको थियो । उक्त शो मंगलबारसम्म चल्नेछ । 

सो क्रममा प्रतिनिधिमण्डलले काउन्सीलका वर्तमान अध्यक्ष विपुल शाह र अन्य विशिष्ट पदाधिकारीहरुसंग भेटवार्ता गरी नेपाल–भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सीलबीच भएको समझदारीलाई स्मरण गर्दै दुई संस्थाबीच भएको सहमति अनुरुप सहकार्यलाई अझ थप प्रगतिमूलक गतिविधिसहित अगाडि बढाउने विषयमा छलफल भएको थियो । 

साथै महासंघ र काउन्सिलको संयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोन्नतिको लागि विभिन्न तालिम संचालन गर्ने, नेपालमा नै जेम ल्याव स्थापना गरी नेपालमा पाईने वहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर आदिको प्रवद्र्धन तथा निर्यात् गर्ने विषयमा दुईपक्षिय वृहत छलफल भएको साथै काउन्सिलले उक्त कार्यमा सहयोग गर्ने सहमति एवं प्रतिवद्धता जनाएको पनि बताइएको छ । 

Logo