नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् ।
सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताए । तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि उनले बताए ।
अध्यक्ष गोल्छाले वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको बताए । उनले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताए । मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यक्ता भएको उनले बताए । उनले सेफ्टी हेरेर मात्रै अघि बढ्ने हो भने समृद्धिको अपेक्षा पूरा गर्न नसकिने बताए । उहाँले बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुने बताए ।
अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताए ।





























प्रतिक्रिया