हवाई भाडा दर घट्यो, पुस २७ बाट लागू हुने

हवाई भाडा दर घट्यो, पुस २७ बाट लागू हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ ।

नेपाल आयल निगमले सोमबार रातिदेखि इन्धनको मूल्यमा प्रतिलिटर २० रुपियाँ कटौती गरेसँगै हवाई भाडा घटाउने निर्णय गरिएको हो । पुस २७ गतेबाट लागू हुने नयाँ भाडा दर अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुपियाँ भाडा घटेको छ भने विभिन्न गन्तव्यका उडानमा भाडा दरमा संशोधन गरिएको छ । धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपियाँ भाडा घटेको छ । धनगढीको अधिकतम् भाडा १६ हजार १४० रुपियाँमा झरेको छ ।

काठमाडौंबाट भद्रपुरका लागि छसय रुपियाँ, विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२०, भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपियाँ भाडा घटेको छ ।

Logo