वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविकानको धारा १६८ उपधारा (२) बामोजिम जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कुनै पनि दलकाे स्पष्ट बहुमत नपुगेपछि उनले विभिन्न दलकाे सहयाेगमा बहुमत सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे दाबी गरेका थिए । जम्कट्टेललाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ । ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।































प्रतिक्रिया