काठमाडौं ।
एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः रमेशराज अर्याल नियुक्त भएका छन् ।
गत सोमबार बसेको सञ्चालक समिति बैठकले अर्याललाई चार वर्षका लागि सीइओमा नियुक्त गरेको छ । सिइओ अर्यालको कार्यकाल असोज १ गते सकिदै थियो । यो उनको दोस्रो कार्यकाल हो ।
अर्याल यसअघि ०७३ असोज १ गते एनसीसी बैंकको सीइओमा नियुक्त भएका थिए । सिइओ अर्याल एनसीसी बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । उनले एमबीएसम्मको औपचारिक अध्ययन गरेका छन् ।































प्रतिक्रिया