एनएमबि बैंकको २७औं बार्षिक साधारण सभा सम्पन्‍न

एनएमबि बैंकको २७औं बार्षिक साधारण सभा सम्पन्‍न

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंकको २७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । 

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममाखुदनाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ । 

यस बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवाप्रदान गर्दै आइरहेको छ ।  

Skip This
Skip This
Logo