साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
सोमबार प्रतितोला छ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला चार सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँ घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया