साइन बोर्ड हटाउने काठमाडौं महानगरको अभियानप्रति नाडाकाे ध्यानाकर्षण

साइन बोर्ड हटाउने काठमाडौं महानगरको अभियानप्रति नाडाकाे ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल डिलर्स एसोसिएसनले साइन बोर्ड हटाउने काठमाडौं महानगरपालिकाको अभियानप्रति ध्यानाकर्षण जनाएको छ । 

महानगरले आफ्नो व्यवसायको बोर्ड ३० क्वायर फिटसम्मको मात्रै राख्न र अन्य जथाभावी राखिएका बोर्ड हटाउन १५ दिने सूचना जारी गरेपछि नाडाले ध्यानाकर्षण भएको जनाएको हो । 

बोर्डहरु हटाएर महानगरलाई व्यवस्थित र सुन्दर बनाउने अभियान राम्रो भएपनि अटोमोबाइल शोरुम र गाडीका साइनबोर्डहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राख्नै पर्ने बाध्यता रहेकोले आफूहरुको सो समस्या बुझिदिन नाडाका अध्यक्ष ध्रुव थापाले आग्रह गरेका छन् । अटोमोबाइल शोरुमहरुको बोर्ड संसाभर नै एउटै हुने र त्यसलाई चाहेर पनि सानो राख्न नसकिने उनको भनाई छ । 

Skip This
Skip This
Logo