आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पुर्‍याउने र मल कारखाना खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पुर्‍याउने र मल कारखाना खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिकमा पु-याउने प्रतिबद्धता जनाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पु-याउने बताएका छन् । यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । 

वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए । रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएका उनले लगानीमैत्री वातावरण निर्माण गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि बताए । 

जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । 
 

Skip This
Skip This
Logo