भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछाैँ -मुख्यमन्त्री कार्की

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछाैँ -मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताएका छन् । 

प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने सेवा चुस्त एवं दुरुस्त हुने कुरामा जोड दिए ।

शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता आगाडि बढाउने जनाउँदै सरकारले प्रदेश संरचना निर्माणमा पनि विशेष ध्यान दिने उनले बताए । 

मुख्यमन्त्री कार्कीले दलहरुबीच सहकार्य र एकता गरी अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकाले अनुभव र ज्ञानलाई पूर्ण प्रयोग एवं उपभोग गरी प्रदेशलाई व्यवस्थित बनाउँदै लैजाने धारणा राखे । उनले प्रदेशको नाम राजनीतिक दलहरुकै सहमति र सहकार्यबाट टुङ्गो लगाउने उल्लेख गर्दै प्रदेशको आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकार गम्भीर रहेको बताए ।

Skip This
Skip This
Logo