गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मत दियाैँ -रामचन्द्र पौडेल

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मत दियाैँ -रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका छन् । 

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका हुन् । उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए । 

नेता पौडेलेले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए । उनले काँग्रेसले कुनैपनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए ।

‘गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उदेश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं । यसले देश जनताको भलो गर्छ ।’ उनले भने, ‘राजनीतिक पार्टीहरु एक ठाउँमा छन् । एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जान्छन् । काँग्रेसले कुनै पदको लागि पक्षमा मतदान गरेको होइन । पदको विषयमा भएको भए ओलीले संसद विगठन गरेको बेला दौडेर निवर्तनमा जाने थिए । त्यो बेला व्यवस्थाको लागि गरेको हो । मलाई सत्ता भन्दा पनि व्यवस्थाको चिन्ता छ । काँग्रेसले व्यवस्था जोगाउनको लागि गरेको अब व्यवस्था जोगिने विश्वास रहेको छ ।’ 

Logo