सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय आज सकिँदै

सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय आज सकिँदै

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्ने समय सीमा बुधबार सकिँदै छ।

प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ। केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल प्रदेश सरकारको नेतृत्वको दौडमा छन्। सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको उनले बताए।

७ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न समस्या भएको छ। सुदूरपश्चिममा नागरिक उन्मुक्तिले समर्थन गर्ने दलको सरकार बन्ने देखिएको छ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्।

Skip This
Skip This
Logo