अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलरको भाउ घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३१ रुपैयाँ १६ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ९२ पैसा घटेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २३ पैसा र बिक्रीमा १४० रुपैयाँ ८८ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७० पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ ९ पैसा र बिक्रीमा ९० रुपैयाँ ५० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ पाइन्छ। कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९३ पैसा तोकेको छ।

यस्तै, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ८६ पैसा र बिक्रीमा २९ रुपैयाँ ९९ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९० पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ९० पैसा तोकिएको छ।

Skip This
Skip This
Logo