सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।
२९ सांसदको समर्थनसहित दाबी पेस गरेका रावललाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ ।
रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिने छन्।





























प्रतिक्रिया