उपायले नेपाल ईन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोडको लगानी पाउन सफल भएको छ । ग्लोबल ईक्वीटी फन्ड प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रचारित/प्रवर्धित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राइभेट ईक्विटी फन्ड हो ।
उपाय २०१८ मा स्थापना भएको एक अग्रगामी लजिस्टिक्स कम्पनी हो । जसले यो भन्दा अगाडी २०२१ मा डोल्मा ईम्प्याक्ट फन्ड -II बाट १८ करोडको लगानी हासिल गरेको थियो । सो लगानी उपाय कम्पनीको विस्तार साथै देशभर लजिस्टिक्स समाधानको स्थापना गर्नको निम्ति प्रयोग हुँदै आएको छ । सोही अनुरूप उपायले देशभर बजार एकीकरण, सञ्चालन र इन्ड टु इन्ड डेलिभरी सञ्चालन गरी लजिष्टिक्सका सबै पक्षहरूलाई एकीकृत गर्दै आएको छ ।
उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले यसबाट प्राप्त लगानी उपाय २.० को व्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने बताए । उनले यस कम्पनीलाई नाफाको बाटोमा दोहोर्याउन सफल हुनेमा विश्वस्त रहेको समेत बताए । ‘उपाय २.० विशेष रूपमा पूर्वाधार संरचना र प्रविधि विकासमा लक्षित रहने छ । आफ्ना चालक सवारी साझेदारहरू फ्रेन्चाईज साझेदारहरू, व्यापारिक साझेदारहरू र गठबन्धन साझेदारहरूलाई समावेश गरी नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा हुनेछ’, उनले भने ।
ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक एनआईआईएफका लागि लगानी प्रबन्धक डा. मनिष थापा विश्वस्त छन् । यस लगानीको साथ उपायले लजिस्टिक उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न जारी राख्नेमा उनी ढुक्क छन् । आगामी वर्षहरूमा यसको उन्नत प्रविधिको प्रयोग र साझा चुनौतीहरू समाधान गर्न नवीन दृष्टिकोणहरू मार्फत वृद्धिलाई अगाडि बढाउने उनको भनाई छ ।
उपाय २.० को सफल समापनका लागि उपायको सिरिज बी क्लोजिङ लक्ष्य ४० करोड रहेको छ । कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा आफ्नो फन्डिङ लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ ।





























प्रतिक्रिया