प्रचण्डनिवासमा खटिएका ६ प्रहरीमा कोरोना पोजिटिभ 

प्रचण्डनिवासमा खटिएका ६ प्रहरीमा कोरोना पोजिटिभ 

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

प्रचण्डनिवासमा बुधबार  सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको थियो । आज आएको नतिजामा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कुन दर्जाको सुरक्षाकर्मीलाई कोरोना देखिएको पुष्टि भएको भन्ने विषयमा भने खुलेको छैन ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ का अनुसार सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण देखिएको छैन ।

Skip This
Skip This
Logo