राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदै, दुई दलको मात्र निवेदन

राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदै, दुई दलको मात्र निवेदन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा भाग लिन दल दर्ताको समयसीमा आज सकिँदै छ ।

निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन पुस २८ गतेसम्मको समयसीमा दिएको थियो । आयोगका अनुसार बुधबारसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ ।

लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । 

Logo