जिल्ला प्रशासन कार्यालय बाराले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ ।
कानुन विपरित दर्ता नगरी नवीकरण तथा संचालन अनुमति नलिई जिल्ला भित्र संचालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरू बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बाराले जनाएके छ ।
विभिन्न आयोजना विकास तथा निमार्णको क्रममा सोही आयोजनाको लागि आवश्यक परिमाणमा डुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग र निर्माण व्यवसायीले आयोजना सम्पन्न भए पछि पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत बन्द गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनको सूचना विपरित कोही कसैबाट उत्खनन तथा दोहन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।































प्रतिक्रिया