गृहमन्त्री गुरुङले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्री गुरुङले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सुनसरीमा धार्मिक सद्भाव प्रभावित हुने गरी भएको घटनापछि गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन्।

सोमबार बिहान गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षकसँग प्रारम्भिक छलफल गरेपछि मन्त्री गुरुङले साँझका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन्।

आइतबार राति भएको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सुनसरीको कप्तानगञ्ज निवासी ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

गृह मन्त्रालयकी सूचना अधिकारी तथा उपसचिव रमा आचार्य सुवेदीका अनुसार बैठकमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने दीर्घकालीन सुरक्षा रणनीति, सामुदायिक सद्भाव कायम गर्ने उपाय तथा समग्र शान्ति–सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

घटनाको निष्पक्ष अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनाको वस्तुगत अध्ययन गरी आवश्यक प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयले जनाएको छ।

Logo