सुदूरपश्चिमका मुख्यमन्त्री रावलको शपथ ग्रहण आज

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको शपथ ग्रहण आज

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

बिहीबार अपरान्ह ४ बजे प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री रावललाई शपथ ग्रहण गराउनेछन्। माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित २९ सांसदको समर्थनसहित बुधवार साँझ प्रदेश प्रमुख जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दावी गर्दा सभामुख माओवादीको भाग परेको छ। माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन्। र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्।

Skip This
Skip This
Logo