गृहमन्त्री बनेपछि रवि लामिछाने पहिलो पटक चितवन जाँदै

गृहमन्त्री बनेपछि रवि लामिछाने पहिलो पटक चितवन जाँदै

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन जाने भएका छन् ।

गृहमन्त्री भएपछि पहिलोपटक चितवन जान लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न जाँदैछन् । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुडफेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीले आज साँझ ६ बजे फुड फेस्टिभलको उद्घाटन गरिने जानकारी दिए । चितवन महोत्सवको अवसरमा हुँदै आएको फुड फेस्टिबल यस पटक पनि नारायणगढको क्याम्पाचौरमा आयोजना हुँदैछ ।

Skip This
Skip This
Logo