भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय शृङ्खलाको दोस्रो खेल हुदैछ ।
कोलकाताको इडेन गार्डेनमा हुने खेल दिउँसो पौने २ बजे सुरुहुने छ। गुवाहाटीमा भएको पहिलो खेल जितेर भारतले सिरिजमा १–० को अग्रता बनाएको छ । आज टीम इण्डियाले इडेन गार्डेनमा जितेमा सिरिजमा २–० ले अघि रहँदै एक खेल अगावै कब्जा गर्ने छ । भारतीय टोलीले सेप्टेम्बर २०१७ पछि पहिलो पटक इडेन गार्डेनमा एकदिवसीय खेल खेल्नेछ। त्यस खेलमा टीम इन्डियाले अस्ट्रेलियालाई ५० रनले हराएको थियो । भारतले यस मैदानमा हालसम्म २१ ओडिआई खेलेको छ । १२ खेलमा जित र ८ खेलमा हार भएको छ । एक खेलमा नतिजा आउन सकेन ।





























प्रतिक्रिया